पानी तान्ने मोटर चोरी गरेको भन्दै हत्या गरेको आरोपमा ५ जना पक्राउ – Nepal Press

पानी तान्ने मोटर चोरी गरेको भन्दै हत्या गरेको आरोपमा ५ जना पक्राउ

भक्तपुर । कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

काभ्रे कुशादेवी घर बताउने ३० वर्षीय कृष्ण गुरुङ भनिने व्यक्तिलाई कुटपिट गरी हत्या गरेको अभियोगमा ५ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा भक्तपुर चाँगुनारायण नगरपालिका- २ बस्ने ५० वर्षीय टेक बहादुर केसी, सोही ठाउँ बस्ने ३२ वर्षीय नविन कोजु, ३७ वर्षीय बिनोद लाखा, चाँगुनारायण नगरपालिका-२ बस्ने दोलखा भिमेश्‍वर नगरपालिका -९ घर भएका ३८ वर्षीय कमल खत्री (फुँयाल) र  ३४ वर्षीय सनिस कुमार राय रहेका छन् ।

चाँगुनारायण नगरपालिका- २ बर्खेपाटीमा पानी तान्ने मोटर चोरी गर्दै गरेको अवस्थामा उनलाई नियन्त्रणमा लिए कुटपिट गरेका थिए ।

महानगरीय प्रहरी प्रभाग व्यासी भक्तपुरबाट खटिएको प्रहरीले कृष्ण गुरुङ लाई कुटपिटबाट गम्भीर घाइते भएको अवस्थामा फेला पारेको थियो ।

कुटपिटमा संलग्न उनीहरुलाई नियन्त्रणमा लिई गम्भीर घाइते भएका कृष्ण गुरुङ भनिने व्यक्तिलाई तत्कालै उपचारका लागि भक्तपुर अस्पतालमा पठाईएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।

थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *