कर्णालीमा एमालेका तीन मन्त्रीद्वारा सामूहिक राजीनामा दिने तयारी – Nepal Press

कर्णालीमा एमालेका तीन मन्त्रीद्वारा सामूहिक राजीनामा दिने तयारी

सुर्खेत । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषदमा रहेका नेकपा एमालेका तीन जना मन्त्रीले संयुक्त रुपमा राजीनामा दिने भएका छन् ।

माओवादी केन्द्रका नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नेतृत्वमा रहेको सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा संयुक्त राजीनामा दिने तयारीमा छन् ।

‘हिजो बसेको संसदीय दलको वैठकमा मन्त्रीले मार्ग प्रशस्त गर्ने प्रस्ताव म आफैले राखेको हो,’ सामाजिक विकास मन्त्री दल रावलले नेपालप्रेससँग भने, ‘त्यहि आधारमा हामी भोलि बस्ने वैठक अगाडी नै राजीनामा दिन्छौं र संसदीय दलको वैठकमा जानेछौं।’

आइतबार बसेको दलको बैठकले नेकपा एमालेलाई एक ढिक्का बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै प्रदेशमा एमालेको नेतृत्वमा सरकार बनाउन आवश्यक कदम चालिएको उनको भनाइ छ ।

‘हामी भोलि विहानसम्म मन्त्रालयले गरेका कार्यप्रगतिको विवरणसहित राजीनामा घोषणा गर्नेछौं, वनमन्त्री बुढाले भने ।

राजीनामासँगै मन्त्री क्वार्टर छाड्नुपर्ने भएपछि नेताहरु अहिले वासस्थानका लागि फ्ल्याट खोज्न थालेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर