गैंडा गणनाका क्रममा घाइते भएकालाई वन मन्त्रीको १ लाख सहयोग – Nepal Press

गैंडा गणनाका क्रममा घाइते भएकालाई वन मन्त्रीको १ लाख सहयोग

रासस । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले गैंडा गणनाका क्रममा धुर्बे नामक जङ्गली हात्तीले लखेटेपछि खसेर गम्भीर घाइते भएका राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी विनोद श्रेष्ठको उपचारका लागि व्यक्तिगत तर्फबाट एक लाख रुपैयाँ उपचार खर्च सहयोग गरेका छन् ।

हात्तीको आक्रमणबाट घाइते ३५ वर्षीय श्रेष्ठको उपचाररत काठमाडौंको ह्याम्स अस्पतालमा पुगेर उनले सहयोग रकम प्रदान गरेको निजी सचिव रविन ज्ञालनले जानकारी दिए । श्रेष्ठको सम्पूर्ण उपचार खर्च मन्त्रालयले व्यहोर्नेसमेत मन्त्री आलेले घोषणा गरेका छन् ।

उनले भने, ‘गैंडा गणनामा हात्तीको आक्रमणबाट श्रेष्ठ जी घाइते हुनुभएको छ, मैले पनि उपचारका लागि एक लाख सहयोग गरेको छु, उहाँको उपचारको सम्पूर्ण खर्च मन्त्रालयले व्यहोर्ने छ ।’ सम्पूर्ण उपचार खर्च मन्त्रालयले व्यहोर्ने भनेर बताएपछि श्रेष्ठका परिवार मन्त्री आलेप्रति खुशी भएका छन् ।

मन्त्रीसँगै वन्यजन्तु तथा राष्ट्रिय निकुञ्जका महानिर्देशक डाक्टर दीपक खराल, राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरद अधिकारीलगायतको टोली पनि घाइते श्रेष्ठ भेट्न अस्पताल पुगेको थियो ।

बाघको आक्रमणबाट एकको मृत्यु

हात्तीका लागि घाँस काट्दै गर्दा पाटेबाघको आक्रमणमा परि बर्दिया राष्ट्रिय निकुन्जमा एकजनाको मृत्यु भएको छ ।

हात्तीसारका पछुवाका रुपमा कार्यरत बर्दिया ठाकुरबाबा–९ का पुलिसराम थारुको बाघको आक्रमणबाट मृत्यु भएको हो । उनी निकुन्जमा गैंडा गणकको जिम्मेबारीमा पनि थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर