बाँकेको आगलागीप्रति माओवादी केन्द्रद्वारा दुःख व्यक्त, उद्दार र राहतका लागि सरकारको ध्यानाकर्षण


काठमाडौं। नेकपा माओवादी केन्द्रले बाँके जिल्लाको नरैनापुर भएको भीषण आगलागीबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेको छ।
माओवादी केन्दका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार प्रेस विज्ञप्ति जारी गदै आगलागीबाट घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
शनिबार नरैनापुर गाउँपालिकाको वडा नं. ४, खोदवामा भएको भीषण आगलागीबाट खोदवामा मात्रै ११५ घरधुरी जलेर नष्ट भएका थिए।
गाउँपालिकाका विभिन्न वडाहरुमा विगत एक महिनामा ठूलठूला आगलागीका घटनाहरु भएको भन्दै प्रचण्डले भनेका छन्,‘यी बस्तीलाई सुरक्षित गर्ने दीर्घकालिन समाधानका लागि राज्यको विशेष ध्यान जान जरुरी छ।’
आगलागीबाट पीडितहरुको तत्काल उद्दार, राहत र पुनर्वास तथा घाइतेहरुको निःशुल्क स्वास्थ्योपचारको प्रचण्डले सरकारसँग आग्रह समेत गरेका छन्।