एमालेमा लागेका दुई सांसदमाथि माओवादीको कारबाही, सांसद पद खारेज गर्न पत्र – Nepal Press

एमालेमा लागेका दुई सांसदमाथि माओवादीको कारबाही, सांसद पद खारेज गर्न पत्र

रुपन्देही । नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेशसभामा निर्वाचित दुई सांसदलाई कारबाही गरेको छ । माओवादी केन्द्र छाडेर एमालेमा गएका सांसदद्वय दधिराम न्यौपाने (रुपन्देही) र दिनेश पन्थी (गुल्मी)लाई माओवादीले कारबाही गरेको हो ।

लुम्बिनी प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले माओवादी केन्द्रबाट सांसद न्यौपाने र पन्थीलाई कारबाही गरेको पत्र प्रदेश सभामा आएको जानकारी दिए ।

प्रदेशसभाको निमावली १९० अनुसार पत्र आएको र अब निमावली १९१ अनुसार सभामुखले प्रदेशसभामा जानकारी गराउने उनले बताए । ‘पत्र आएको छ, सभामुखले तोक लगाउनुभएकाले अब प्रकृया अनुसार अगाडि बढ्ने र कारवाही गरेपछि सांसद पद खारेज हुनेछ’, उनले भने ।

माओवादीका संसदीय दलका नेता वसन्त घर्तीले माओवादी छाडेर एमालेमा प्रवेश गरेपछि न्यौपाने र पन्थीलाई पार्टीले २४ घण्टे स्पष्टीकरण सोधेको तर एकहप्ता बितिसक्दा पनि स्पष्टीकरणको जवाफ नदिएपछि पार्टीले कारवाही गरेको नेपाल प्रेसलाई बताए ।

लुम्बिनी प्रदेशमा कुल ८७ सांसदमध्ये माओवादीको २० सांसद छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर