प्रधानमन्त्रीद्वारा एक सय ६५ वटा सडक सञ्जालको शुभारम्भ – Nepal Press

प्रधानमन्त्रीद्वारा एक सय ६५ वटा सडक सञ्जालको शुभारम्भ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर निर्माण हुने १ सय ६५ वटा सडक सञ्जालको संयुक्त शुभारम्भ गरेका छन् । बालुवाटारमा आयोजित विशष कार्यक्रममा स्वीच अन गर्दै प्रधानमन्त्री ओलीले सडक सञ्जालको शुभारम्भ गरेका हुन् ।

नेपालको पूर्वाधार विकासमा कोशेढुंगा मानिने निर्वाचन क्षेत्र रणनीतिक सडकको लागि एकीकृत रुपमा विकास गर्ने लक्ष्य राखेर सरकारले एकसाथ शुभारम्भ गरेको हो । प्रत्येक निर्वाचन क्षेत्रमा एउटा रणनीतिक सडक छनौट गरी त्यसको दीर्घकालीन विकास गर्न लागिएको हो ।

शुभारम्भ कार्यक्रममा दुवै सदनका सांसदहरुको समेत सहभागिता छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर