कार्यकर्तालाई प्रशिक्षण दिन प्रचण्ड कपिलवस्तु जाँदै – Nepal Press

कार्यकर्तालाई प्रशिक्षण दिन प्रचण्ड कपिलवस्तु जाँदै

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यकर्तालाई प्रशिक्षण दिन आज कपिलवस्तु जाँदै छन् ।

अध्यक्ष प्रचण्डले पछिल्लो राजनैतिक घटनाक्रम र अबको राजनीतिक कार्यदिशाका बारेमा कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम तय भएको पार्टीका स्थायी कमिटी सदस्य चक्रपाणी खनालले जानकारी दिए ।

तौलिहवामा रहेको तौलेश्वरनाथ संस्कृत माध्यमिक विद्यालयमा १२ बजेदेखि कार्यकर्ता प्रशिक्षण कार्यक्रम राखिएको खनालले बताए ।

कार्यक्रममा केहीले अन्य पार्टी परित्याग गरी माओवादी प्रवेश गर्ने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर