बाबुरामले गरे कांग्रेसको प्रशंसा : सरकार ढाल्ने निर्णय सराहनीय – Nepal Press

बाबुरामले गरे कांग्रेसको प्रशंसा : सरकार ढाल्ने निर्णय सराहनीय

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले वर्तमान सरकार ढालेर आफ्नै नेतृत्व नयाँ सरकार बनाउन पहल गर्ने निर्णय गरेको प्रति खुसी व्यक्त गरेका छन् । उनले कांग्रेसको प्रशंसा गर्दै भने, ‘कांग्रेसले सरकार ढाल्न खेलेको प्रतिपक्षीय भूमिका सराहनीय छ ।’

शनिबार सामाजिक सञ्जालमार्फत् धारणा सार्वजनिक गर्दै उनले अरु दललाई पनि सरकारविरुद्ध उभिन आह्वान गरेका छन् ।

‘अन्ततः प्रमुख प्रतिपक्षी कांग्रेसको प्रतिपक्षीय धर्म निभाउने संकेत सराहनीय छ । अरू प्रतिपक्षी दलले पनि आफ्नो कर्तव्य नभुलौं’, उनले भने,  ‘आ-आफ्ना दलका फरक एजेण्डा हुन्छन् तर ती सबै भन्दामाथि देश, जनता र लोकतन्त्रको आवश्यकता-प्रथमिकता हुन्छ। आजको दिनमा मुख्य प्राथमिकता भष्मासुर ओलीको विदाइ नै हो है !’


प्रतिक्रिया

One thought on “बाबुरामले गरे कांग्रेसको प्रशंसा : सरकार ढाल्ने निर्णय सराहनीय

  1. उहाँले लेख्ने ट्विटर/फेसबुकमा त रैछ, पार्टीमा निर्णय गराउने त्यस्तै हो क्यारे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर