ताप्लेजुङबाट एमाले केन्द्रीय सदस्य तिलकुमारले छाडे माधव नेपालको साथ – Nepal Press

ताप्लेजुङबाट एमाले केन्द्रीय सदस्य तिलकुमारले छाडे माधव नेपालको साथ

‘एमालेको विधान अनुसार चल्छु,समानान्तर कमिटी गठनमा लाग्दिन’

ताप्लेजुङ । नेकपा एमालेमा माधव नेपाल पक्षले समानान्तर कमिटीहरुको अभ्यास गरिरहेका बेला नेपाल पक्षका केन्द्रीय सदस्य तथा पूर्व सांसद तिलकुमार मेन्याङ्वोले नेपालको साथ छाडेका छन् ।

गत चैत ४ र ५ गतेको माधव नेपाल पक्षको राष्ट्रिय भेलासम्म नेपाल पक्षमै रहेका मेन्याङ्वो प्रधानमन्त्री तथा अध्यक्ष ओलीसँग पनि संवादमा थिए । उनले शुक्रवार गृहजिल्ला ताप्लेजुङमा युवा संघको कार्यक्रममार्फत आफू माधव नेपालको पक्षमा नरहने घोषणा गरेका हुन् ।

महेश बस्नेत समेत उपस्थित युवा संघको कार्यक्रममा मेन्याङ्बोले आफू अब एमालेको विधान बमोजिम अघि बढ्ने र पार्टीको समानान्तर कमिटी निर्माण प्रक्रियामा विपक्षमा रहने घोषणा गरे ।

मेन्याङ्बाले भने–फागुन २३ गते सर्वोच्चको फैसलापछि नेकपा एमाले जिन्वाद भनेर पहिले पोष्ट गर्नेमध्य म हुँ । मैले भावनामा बगेर त्यसो गरेको थिइन । अब म नेकपा एमालेको बिधान अनुसार अघि बढ्छु र समानान्तर कमिटी गठन प्रक्रियाको विपक्षमा उभिनेछु ।

उनले एमालेभित्रको समस्या शीर्ष नेताहरुले आपसी संवादबाट हल गर्नुपर्ने भन्दै भाँचिनु भन्दा नुहिनु राम्रो हुने सुझाव दिए । उनले समानान्तर कमिटी गठन गर्ने कुरामा आफ्नो विमति रहेको र त्यो पार्टी विधान तथा अनुशासनको उल्लंघन भएकलो त्यसमा साथ दिन नसकेको बताए ।

ताप्लेजुङ माधव नेपाल पक्षको बलियो पकड भएको जिल्ला मानिन्छ । योगेश भट्टराई यहिँबाट निर्वाचित भएका छन् । तर पछिल्लो समय माओवादी केन्द्रका टंक आङ्बुहाङ,पासाङ शेर्पा एमालेको केन्द्रीय सदस्य भइसकेका छन् भने मेन्याङबोले पनि माधव नेपालको साथ छाडेका छन् ।

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्ष सर्वोच्च अदालतको फागुन २३ को फैसला कार्यन्वयन नगरेको भन्दै अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अवहेलना मुद्दा दायर लिएर फेरि सर्वोच्च जाने तयारीमा जुटेको छ ।

अदालतको फैसलाबाट एमाले ब्युँतिएपछि सबै संरचना २०७५ जेठ २ बाटमा फर्काउनुपर्ने विषयलाई माधव नेपाल पक्षले राजनीतिक र कानुनी लडाइको विषय बनाएको छ । कानुन व्यवसायी र निकट नेताहरुले पनि माधव नेपाललाई ओलीविरुद्ध अवहेलना मुद्दामा जान सुझाव दिएका छन् ।

अदालतको फैसलालाई ओलीले नमानी फागुन २८ गते एकपक्षीय बैठकका नाममा विधान नै संशोधन गरेको विषयलाई न्यायिक निरुपणमा लैजान नेपालमाथि दबाब बढेको छ । नेपाल निकट एक अधिवक्ताले आइतवार वा सोमवारसम्म अवहेलना मुद्दा दर्ता हुनसक्ने बताए ।

सो कार्यक्रममा युवा एमाले केन्द्रीय सदस्य निरु पाल,युवा संघका अध्यक्ष बचनवहादुर सिंह,बरिष्ठ उपाध्यक्ष किरण पौडेल,उपाध्यक्ष क्षितिज थेबे,महासचिव रमेश आचार्य,फुङलिङ नगरपालिकाका मेयर छत्रपति प्याकुरेल लगायतले सम्बोधन गरेका थिए ।

 

 


प्रतिक्रिया

One thought on “ताप्लेजुङबाट एमाले केन्द्रीय सदस्य तिलकुमारले छाडे माधव नेपालको साथ

  1. Com til Kumar meangboo is my best leader we had introduced each other now coming Cpuml party kpoli congratulations .I am so happy warmly greetings

Leave a Reply to Chamling JB Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर