माधव नेपाल पक्षले पार्टी संगठनलाई नयाँ ढाँचाको बनाउने – Nepal Press

माधव नेपाल पक्षले पार्टी संगठनलाई नयाँ ढाँचाको बनाउने

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले पार्टी संगठनको नयाँ ढाँचा निर्माण गर्ने भएको छ । समानान्तर कमिटी बनाइरहेको उक्त पक्षको शुक्रबार बसेको स्थायी कमिटी बैठकले पार्टी संगठनको ढाँचा परिवर्तन गर्ने निर्णय गरेको हो ।

बैठकका निर्णय सार्वजनिक गर्दै उक्त पक्षका नेता योगेश भट्टराईले भोलि बस्ने स्थायी कमिटी बैठकले संगठनको नयाँ ढाँचालाई अन्तिम रुप दिने जानकारी दिए । बैठकले केही दिनअघि उक्त पक्षले गरेको राष्ट्रिय भेलामा आएका सुझावसहितको प्रतिवेदनलाई भोलि नै अन्तिम रुप दिने पनि निर्णय गरेको छ । उक्त प्रतिवेदन प्रकाशित गरी देशभरका कार्यकर्तामाझ पुर्याउने तयारी भएको भट्टराईले बताए ।

बैठकले नेकपा एमालेले उक्त पक्षका नेताद्वय घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पार्टीबाट निलम्बन गर्नु निन्दनीय भएको निष्कर्ष निकालेको छ । ‘हाम्रा नेतालाई कारबाही गरेर ओलीले पार्टीलाई विभाजनतिर मोडेका छन्, ‘भट्टराईले भने, ‘हामीले आमकार्यकर्तालाई पार्टी एकताको पक्षमा दबाब दिन आग्रह गर्छौं ।’

उक्त पक्षको स्थायी कमिटी बैठक भोलि फेरि बस्दैछ ।


प्रतिक्रिया

One thought on “माधव नेपाल पक्षले पार्टी संगठनलाई नयाँ ढाँचाको बनाउने

Leave a Reply to Pushker Kadel Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर