लक्ष्मण हुमागाईं विज्ञापन प्राधिकरणको अध्यक्ष नियुक्त – Nepal Press

लक्ष्मण हुमागाईं विज्ञापन प्राधिकरणको अध्यक्ष नियुक्त

काठमाडौं । सरकारले विज्ञापन प्राधिकरणको अध्यक्षमा लक्ष्मण हुमागाईंलाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा हुमागाईंलाई चार वर्षका लागि विज्ञापन प्राधिकरणको अध्यक्ष नियुक्त गरेको हो ।

नेपाल टेलिभिजनका पूर्व महाप्रबन्धक हुमागाईं खुला प्रतिस्पर्धाबाट छानिएका तीन जनामध्येबाट नियुक्त भएका हुन् । प्राधिकरणका सदस्यहरू यसअघि नै मन्त्रिस्तरीय निर्णयबाट नियुक्त भइसकेका छन् ।

अध्यक्षको नियुक्तिसँगै विज्ञापन बोर्डले अब पूर्णता पाएको छ । क्लिन फिड लागू गर्ने तथा विज्ञापनको समानुपातिक वितरण गर्ने लगायतका काम प्राधिकरणको जिम्मेवारी हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर