एमाले प्रवास कमिटीको अध्यक्षमा गुरुङ, सचिवको जिम्मेवारी पाण्डेलाई – Nepal Press

एमाले प्रवास कमिटीको अध्यक्षमा गुरुङ, सचिवको जिम्मेवारी पाण्डेलाई

काठमाडौं । नेकपा एमालेले प्रवास कमिटीको अध्यक्षमा भक्त गुरुङ र सचिवमा रमेश पाण्डेलाई जिम्मेवारी दिएको छ ।

हालै बसेको केन्द्रीय कमिटी बैठकले भारतबाहेक सिंगो प्रवासको कामलाई व्यवस्थित गर्न गुरुङ र पाण्डेको नेतृत्वमा नयाँ कमिटी गठन गरेको हो ।

गुरुङ प्रवासी नेपाली संघ बेलायतका अध्यक्ष हुन् भने पाण्डे अष्ट्रेलियाका अध्यक्ष हुन् । एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको उपाध्यक्षबाटका बिदा भएका गुरुङ पछिल्ला वर्ष बेलायतमा बसोबास गर्छन् ।

गुरुङ देशकै ठूलो पृथ्वीनारायण क्याम्पस पोखराको पूर्व स्ववियु सभापति पनि हुन् । नेकपा विभाजनपछि तत्कालिन केपी ओली पक्षले गुरुङलाई बेलायतको अध्यक्ष बनाएको थियो भने पाण्डेलाई अष्ट्रेलियाको जिम्मा दिएको थियो ।

अध्यक्षको जिम्मेवारी पाएपछि गुरुङले प्रवाशमा रहेका नेपालीहरुले आर्जन गरेको सिप, ज्ञान र पुँजीलाई ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियानमा संगठित रुपले जोड्ने बताएका छन् ।

अध्यक्ष गुरुङले ‘हाम्रो एनआरएन, शुद्ध परादर्शी, जिम्मेवार र प्रभावकारी एनआरएन’ बनाउन मद्दत गर्ने बताएका छन् ।


प्रतिक्रिया

One thought on “एमाले प्रवास कमिटीको अध्यक्षमा गुरुङ, सचिवको जिम्मेवारी पाण्डेलाई

  1. हार्दिक बधाई तथा शुभकामना कमरेड हरु दुबै जनालाई।
    गुप्त शेखर पौडेल
    अध्यक्ष
    प्रवासी नेपाली मंच, दुवई राज्य कमिटी,युएई।।

Leave a Reply to शेखर पौडेल Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर