नेप्से परिसूचक प्री–ओपन सेसनमा २६.४८ अंकले बढ्यो – Nepal Press

नेप्से परिसूचक प्री–ओपन सेसनमा २६.४८ अंकले बढ्यो

काठमाडौं । कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक प्री ओपन सेसनमा २६.४८ अंकले बढेको छ । अहिले नेप्से परिसूचक २६४५.५० विन्दुमा कारोबार भइरहेको छ । आज प्री सेसनमा २६.४८ अंक बढेर २६४५.५० विन्दुमा पुगेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.७५ अंक बढेको छ। बुधबार नेप्से परिसूचक २६१९.०२ विन्दुमा बन्द भएको थियो ।

बिहीबार प्रि ओपन सेसनमा ६७ कम्पनीको १ करोड ६६ लाख १८ हजार ६९४ रुपैयाँ बराबरको २२ हजार ४०८ कित्ता शेयर खरिदबिक्री भएको छ।

जसमध्ये ५५ कम्पनीको शेयरमूल्य बढेको छ भने ५ कम्पनीको शेयरमूल्य घटेको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर