प्रचण्डको पुनरावलोकन निवेदनमाथि निस्सा दिने नदिनेबारे आज सर्वोच्चले निर्णय गर्ने – Nepal Press

प्रचण्डको पुनरावलोकन निवेदनमाथि निस्सा दिने नदिनेबारे आज सर्वोच्चले निर्णय गर्ने

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई पूर्ववत् अवस्थामा फर्काउने सर्वोच्च अदालतको फैसलाविरुद्ध माओवादी अध्यक्ष पुष्पकमल दाहाल पचण्डले दायर गरेको पुनरावलोकन निवेदनमाथि निस्सा दिने/नदिनेबारे आज सर्वोच्च अदालतले निर्णय गर्दैछ ।

एमाले-माओवादीलाई पुरानै अवस्थामा फर्काउने फैसला गत फागुन २३ गते सर्वोच्चका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले गरेको थियो ।

त्यसको विरुद्धमा माओवादी अध्यक्ष प्रचण्डले मंगलबार पुनरावलोकनको निवेदन दिएका थिए ।

यहि निवेदनअनुसार आज सर्वोच्चले मुद्दा अगाडि बढाउने/नबढाउनेबारे टुंगो लगाउनेछ । सर्वोच्चले आज निस्सा प्रदान गरेको अवस्थामा मात्र यो मुद्दाको सुनुवाई अगाडि बढ्नेछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर