नेपाल प्रेसकर्मी दाहाल पत्रकार महासंघ केन्द्रीय सदस्यको उम्मेदवार – Nepal Press

नेपाल प्रेसकर्मी दाहाल पत्रकार महासंघ केन्द्रीय सदस्यको उम्मेदवार

काठमाडौं । नेपाल प्रेसका न्यूज डेस्क कोअर्डिनेटर श्यामकृष्ण दाहाल नेपाल पत्रकार महासंघको यही चैत २५ गते हुने निर्वाचनको लागि केन्द्रीय सदस्यमा उम्मेदवार बनेका छन् ।

दाहालले प्रदेश १ निर्वाचन क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका हुन् । उनी हाल पत्रकार महासंघ भोजपुर शाखाका अध्यक्षसमेत छन् ।

दाहाल प्रेस युनियन-प्रेस संगठन-प्रेस चौतारीलगायतको संयुक्त गठबन्धनबाट उम्मेदवार बनेका हुन् ।

२०५६ मंसिरबाट पत्रकारिता क्षेत्रमा प्रवेश गरेका दाहालसँग १९ वर्षको मोफसल पत्रकारिताको अनुभव छ । स्पेसटाइम दैनिकबाट पत्रकारिता थालेका उनले नेपाल टेलिभिजन, सप्तकोशी एफएम (इटहरी), उज्यालो नेटवर्क, राजधानी दैनिक, अन्नपूर्ण पोष्टलगायतका छापा तथा विद्युतीय माध्यममा काम गरिसकेका छन् ।

अनलाइनखबर डटकमको भोजपुर संवाददाताबाट अनलाइन पत्रकारितामा शुरू गरेका दाहाल पछिल्लो समय संघीय राजधानी काठमाडौं छिरेर देखापढी हुँदै हाल नेपाल प्रेसमा न्यूज डेस्कको जिम्मेवारी सम्हाल्दै आएका छन् ।


प्रतिक्रिया

One thought on “नेपाल प्रेसकर्मी दाहाल पत्रकार महासंघ केन्द्रीय सदस्यको उम्मेदवार

Leave a Reply to Dipak Adhikari Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर