२६ सय विन्दु नजिक नेप्से, कारोबार रकम ६ अर्ब माथि – Nepal Press

२६ सय विन्दु नजिक नेप्से, कारोबार रकम ६ अर्ब माथि

काठमाडौं । मंगलबार नेप्से परिसूचक ३२.१५ अंकले बढेको छ । आज भएको कारोबारमा नेप्से परिसूचक २५७५.६७ विन्दुमा पुगेर रोकिएको छ ।

आज १ करोड २२ लाख ९ हजार ९७६ कित्ताको किनबेचमा ६ अर्ब १८ करोड ५६ लाख ७९ हजार ४९८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज सबैभन्दा बढी कारोबार नेपाल इन्फ्रास्ट्रकचर बैंक (नीफ्रा) को कारोबार भएको छ । नीफ्राको ४८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

यिसैगरी, निर्धानउत्थान लघुवित्तको शेयरको पनि ४३ करोड, एनएलजी इन्स्योरेन्स कम्पनीको शेयर कारोबार ३३ करोड रुपैयाँ बराबरको भएको छ । आज सबैभन्दा धेरै कमाउनेमा वमी माइक्रोफाइनान्स रहेको छ ।

आज वोमीसहित पाँचभन्दा बढी कम्पनीको शेयर मूल्य ९ प्रतिशतमाथिले बढ्न पुगेको छ ।

समूहगत परिसुचाङ्क तर्फ ब्यापार समूहमा २२ अंकको गिरावट र उत्पादन समूहमा आएको ०.२२ अंकको गिरावट बाहेक सबै समूहको सेयर कारोबार बढेको छ ।
अजोड इन्स्योरेन्स कम्पनीको सेयर कारोबारमा इन्साइडर ट्रेडिङंको आशंकाको बीचमा पनि नीर्जीवन बीमा समूहको कारोबारमा सबैभन्दा धेरै ३९८.३२ अंकले बढेको छ ।

त्यस्तै दोस्रो नम्वरमा १८६.०८ अंकले बढेको जीवन बीमा समूहका शेयर रहेका छन् । त्यस्तै माइक्रोफाइनान्स कम्पनीको १४९.६८ अंक, होटल तथा पर्यटन समूहमा ११२.९ अंक र जलबिद्युत समूहको ९५.९८ अंकको बृद्धि सहित बाँकी अन्य समूहको शेयर मूल्य पनि दोहोरो अंकले बढेको छ ।

आज अजोड इन्स्योरेन्स कम्पनीसँगै सानिमा जनरल इन्स्योरेन्स कम्पनी र जनरल इन्स्योरेन्स कम्पनीको कारोबारमा सकारात्मक सर्किट ब्रेक लागेको छ ।

अजोड इन्स्योरेन्स कम्पनीले ५० प्रतिशत राइट शेयर घोषणा गर्ने प्रस्ताब साधारण सभामा लैजाने निर्णय भएको सुचना बाहिरिएसँगै यस कम्पनीको सयेर मूल्य उच्च अंकले बढेको छ ।

यस कम्पनीको पछाडी लागेर उक्त दुई कम्पनीसँगै रिलाइन्स लाइफ इन्स्योरेन्स कम्पनी , प्रभु लाइफ इन्स्योरेन्स लगायतका कम्पनीको शेयर मूल्य बढेको छ ।
वोमी लघुवित्त वित्तीय संस्थाका लागानीकर्ताले सबैभन्दा धेरै ९.९९ प्रतिशतले कमाएका छन भने युनाईटेड इदिमर्दीका ५.३३ प्रतिशतले सबैभन्दा धेरै गुमाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर