मेरो शेयर नखुल्दा लगानीकर्ता समस्यामा – Nepal Press

मेरो शेयर नखुल्दा लगानीकर्ता समस्यामा

काठमाडौं । मंगलबार विहानैदेखि मेरो शेयरमा समस्या आएपछि लगानीकर्ता समस्यामा परेका छन् । मेरो शेयर लगइन गर्दा चाँढै नै खुल्छ भनिएपनि अझैसम्म समस्या सामधान हुन सकेको छैन ।

मेरो शेयर लगइन नहुँदा लगानीकर्ता क्लोजआउटमा पर्नसक्ने सम्भावना भएको छ । हिजो (सोमबार) विक्री गरेको शेयर आज (मंगलबार) सम्ममा इडीआएस गर्नु पर्ने हुन्छ ।

लगानीकर्तालाई समस्यामा नपार्नका लागि सीडीएससीले समस्या सामधान गर्ने प्रयास गरको बताए पनि समस्या सामधान भने भएको छैन । पछिल्लो समय मेरो शेयरमा बारम्बार समस्या देखिन थालेको छ ।

जसले गर्दा लगानीकर्ता अफ्ट्यारोमा पर्ने गरेका छन् । केही दिन अघि पनि मेरो शेयरमा समस्या आउँदा सीडीएससीले इडीआइएस गर्ने समय थप गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर