अजोड इन्स्योरेन्सको शेयर कारोबारमा इन्साइडर ट्रेडिङ भएको शंका गर्दै छानविन प्रकृया शुरु – Nepal Press

अजोड इन्स्योरेन्सको शेयर कारोबारमा इन्साइडर ट्रेडिङ भएको शंका गर्दै छानविन प्रकृया शुरु

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीको बैशाख ७ गते बस्ने साधारण सभाबाट २ बराबर १ का दरले राइट शेयर दिने सूचना बाहिरिएपछी नेप्सेमा यसको कारोबार दुई दिनदेखी लगातार सकारात्मक सर्किट ब्रेक लागेको छ ।

सोमबार शेयर बजार परिसूचक नेप्से घटेपनि अजोड इन्स्योरेन्स कम्पनीको शेयर भने एकाएक बढेको थियो । मंगलबार विहानदेखी नै सञ्चार माध्यमहरुमा अजोड इन्स्योरेन्स कम्पनीले बैशाख ७ गते बोलाउन लागेको तेस्रो साधारणसभामा ५० प्रतिशत राइट शेयर जारी गर्ने कुरा बाहिर आएपछी नेप्सेमा यसको कारोबारमा आज पनि सकारात्मक सर्किटब्रेक लागेको हो ।

राइट शेयर बाँड्ने सूचना आएसँगै अजोड इन्स्योरेन्स कम्पनीको शेयरमा खरिदकर्ताको अधिक चाप बढ्दा कम्पनीको शेयर बिक्री गर्ने लगानीकर्ता तयार नहुँदा यसको मूल्य ७७ रुपैयाँले बढेर ८५३ रुपैयाँमा कारोबार रोकिएको छ ।

अजोड कम्पनीको शेयर मूल्य बढेपछी अन्य इन्स्योरेन्स कम्पनीको पनि शेयर मूल्य पनि बढेको छ । सामान्य मूल्यमा कारोबार भइरहेको कम्पनीको शेयरलाई कर्नरिङ्ग गरेर भित्रि सूचनाका आधारमा मूल्य बढाउन गलत भएको धितोपत्र बोर्ड बताउँछ ।

बैशाख ७ गते हुने साधारण सभाको सूचना चुहाएर कम्पनीको शेयर बढाउने खेल शुरु भएको आशंका गर्दै नेप्से र नेपाल धितोपत्र बोर्डले आवश्यक छानविन गर्नेका लागि छलफल अगाडि बढाएको धितोपत्र बोर्डका प्रवक्ता नीरज गिरिले जानकारी दिए ।

‘कम्पनीको शेयर किनबेचमा इन्साड ड्रेडिङ्गको शंका गरेका छौ । धितोपत्र बोर्ड र नेप्सेले छलफल गरिरहेका छौ । यदि त्यस्तो पाइएमा कम्पनीलाई कानून बमोजिम कारवाही हुन्छ,’ उनले भने ।

सूचना चुहाएर शेयर मूल्य बढाउने खेल शेयर बजारमा नयाँ बिषय भने होइन । अघिल्लो हप्ता साल्ड ट्रेडिङ्ग कम्पनीको शेयर कारोबार पनि भित्रि सूचना चुहाएर २ दिनसम्म लगातार शेयर मूल्य बढाइएको थियो ।

यसरी इन्साइड ट्रेडिङ्ग गर्दा शेयर मूल्य अधिक हुन्छ र बढेको मूल्यमा सेयर किन्दा लगानीकर्ताहरु फस्ने संभावना बढी हुन्छ ।

भित्र सूचनाका आधारमा नेप्सेमा पटक पटक कारोबार भएपनि नियामक निकायको कम्जोर भूमिका कारण इन्साइड ट्रेडिङ्गले जस्ता कानूनले बर्जित गरेको कारोबारले झ्यांगिने मौका पाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर