एमाले कर्णाली प्रदेश कमिटी हेरफेरः सह–इन्चार्ज बोगटी अध्यक्ष, अध्यक्ष शाह सह–इन्चार्ज – Nepal Press

एमाले कर्णाली प्रदेश कमिटी हेरफेरः सह–इन्चार्ज बोगटी अध्यक्ष, अध्यक्ष शाह सह–इन्चार्ज

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी एमाले केन्द्रीय कमिटीको बैठकको निर्णयअनुसार कर्णाली प्रदेश कमिटी हेरफेर भएको छ ।

प्रदेश सह–इन्चार्ज रहेका गोरख बोगटीलाई पार्टीको प्रदेश अध्यक्ष बनाइएको छ भने अध्यक्ष गुलावजंग शाहलाई सह–इन्चार्ज बनाइएको एमालेले जनाएको छ । बोगटी एमाले र माओवादी मिलेपछि बनेको नेकपाको प्रदेश कमिटी अध्यक्ष थिए ।

बोगटीले सह–इन्चार्जको जिम्मेवारीमा अरुचि देखाएपछि कमिटी हेरफेर गरिएको बताइएको छ ।

अब कर्णाली प्रदेश एमालेको अध्यक्षमा बोगटी, इन्चार्जमा यामलाल कँडेल, सह–इन्चार्जमा प्रदेशसभा सदस्य गुलावजंग शाह र लक्ष्मीप्रसाद पोखरेलसँगै सचिवमा धर्मराज रेग्मीले पार्टी जिम्मेवारी बहन गर्ने गर्नेछन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर