५ अर्ब नाघ्यो कोरोना दाबी भुक्तानी, अहिलेसम्म कतिले पाए रकम ? – Nepal Press

५ अर्ब नाघ्यो कोरोना दाबी भुक्तानी, अहिलेसम्म कतिले पाए रकम ?

काठमाडौं । अहिलेसम्म ५ अर्बमाथि कोरोना बीमाको दाबी भुत्तानी भइसकेको छ । बीमा समितिले चैत ६ गतेसम्मको प्रकाशित गरेको तथ्याङ्क अनुसार बीमा कम्पनीले सो रकम भुक्तानी गरेका हुन् ।

अहिलेसम्म बीमा कम्पनीमा ८६ हजार ६१२ जनाले कोरोना बीमा दाबी गरेकोमा ५३ हजार ३२४ जनाले भुक्तानी पाइसकेका छन् । जसमा बीमा कम्पनीले ५ अर्ब १४ करोड,१२ लाख ५० हजार रुपैयाँ भुक्तानी गरिसकेका छन् ।

समितिका अनुसार अहिले २२ हजार ४०३ ओटा फाइल प्रमाणीकरणका लागि स्वास्थ्य सेवा विभागको इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) मा पठाएकोमा १३ हजार ३५३ ओटा फाइल प्रमाणित भएर कोरोना बीमाको पुल शिखर इन्स्योरेन्समा आइसकेको छ ।

यसैगरी, अहिले इडीसीडीमा नौं हजार १६३ ओटा फाइल प्रक्रियमा रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *