‘नबिल स्किल हिरो’ घोषणा – Nepal Press

‘नबिल स्किल हिरो’ घोषणा

काठमाडौं । स्किल वीक २०२१, को दोस्रो संस्करण सोमबार सम्पन्न भएको छ । सोल्टी क्राउन प्लाजामा आयोजित एक कार्यक्रमबीच सो कार्यक्रम सम्पन्न भएको हो । स्किल वीक एक हप्ते कार्यक्रममा बिभिन्न सीप, तालीम,  केस स्टडीलगायत मनोरन्जनलाई बिभिन्न आयामबाट प्रस्तुत गर्ने कोशीस गरिएको थियो ।

कलकारखाना, शैक्षिक संस्था एवम सरकारी निकायसँगको साझेदारीमा तिनै क्षेत्रबाट सीपमुलक रोजगारीका अवसर, सीप प्रतिको महत्व, व्यापार, सेवा, आधुनिक प्रविधीदेखी लिएर कला तथा संस्कृति झल्किने किसिमले सीपको महत्व उजागर गर्ने लक्ष्यका साथ स्किल वीक कार्यक्रम २१ मार्चदेखी २९ मार्चसम्म संचालन भएको थियो ।

स्किललाई विकास गर्ने लक्ष्यका साथ ‘सीपले सम्मान सीपको सम्मान’, भन्ने नाराका साथ यस बर्षको स्किल्ल वीक कार्यक्रम सकिएको हो ।

यस कार्यक्रममा ४ फरक –फरक सीप  प्रदर्शन गरिएको थियो जसमा कला र संस्कृति, उद्दमशीलता, पर्यटन,बिज्ञान तथा प्रविधि रहेका थिए ।

नाबिल स्किल हीरो अवार्ड २०२१ उपाधीबाट चार बिधामा चार जना सम्मानित भएको छन् ।  पहिलो स्तम्भ अर्थात् पर्यटन र आतिथ्यका लागि, हिमालयन जावाका सञ्चालक तथा एमडी गगन प्रधानलाई नाबिल स्किल हीरोको रूपमा सम्मानित गरिएको छ ।

उनि एक प्रभावशाली व्यक्तित्व हुन जसले कफी उद्योगमा आफ्नो नाम कमाए र कफीको स्थापनामा अभिन्न भूमिका खेलेका छन् ।

त्यस्तै, नेपाली संगीतमा रहेको विविधताको अनुसन्धान, संरक्षण र उत्सवप्रति प्रतिबद्ध लोक वाद्य कुटुम्बलाई कला र संस्कृतिको क्षेत्रमा योगदान पुर्‍याएकोमा सम्मानित गरिएको छ ।

उद्दमशीलता वर्गमा नेपाल महिला उद्यमी संघ नेपालका संस्थापक अध्यक्ष शान्ति चड्ढालाई सम्मानित गरिएको छ । चड्ढाले आफ्नो व्यक्तिगत प्रयास, व्यवसाय र विभिन्न संस्थासँगको सम्बन्धको माध्यमबाट सीप विकास र आर्थिक सशक्तिकरणको पहल गरेर हजारौं महिला र परिवारलाई प्रभाव पारेकी छिन ।

विज्ञान र टेक्नोलोजीका लागि, कारखानाका सह–संस्थापक र सीईओ पवित्र गौतमलाई २१ औं शताब्दीका लागि महत्वपूर्ण पाठ्यक्रमहरू सिर्जना गर्ने र प्रभावकारी शिक्षा सिर्जना गर्ने निर्माता आधारित शिक्षा प्रयोग गरेर वास्तविक जीवन र कक्षालाई विज्ञान र टेक्नोलोजीसँगं जोड्न सक्ने मञ्च प्रदान गर्ने प्रयासको लागि सम्मानित गरिएको छ । कार्यक्रम नबिल बैंकसँगको साझेदारिमा संचालन भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर