सुन तोलामा पाँच सयले घट्यो, चाँदीमा पनि गिरावट – Nepal Press

सुन तोलामा पाँच सयले घट्यो, चाँदीमा पनि गिरावट

काठमाडौं । मंगलबार सुन  तोलामा  पाँच सय रुपैयाँ घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८६ हजार रुपैयाँमा कारोबार भइरहको छ ।

हिजो छापावाल सुन प्रतितोला ८६ हजार ५०० रुपैयाँ थियो । यसैगरी आज तेजावी सुनको मूल्य प्रतितोला ८५ हजार ५५० रुपैयाँ रहेको छ ।

आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घट्दै १ हजार २१५ रुपैयाँमा कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *