एमाले-माओवादी ब्युँताउने फैसलाविरुद्ध प्रचण्ड न्यायिक पुनरावलोकनमा जाँदै – Nepal Press
नेकपा एकता बदर

एमाले-माओवादी ब्युँताउने फैसलाविरुद्ध प्रचण्ड न्यायिक पुनरावलोकनमा जाँदै

काठमाडौं । सर्वोच्च अदालतले नेकपा एकतालाई २०७५ जेठ ३ अघिको अवस्थाम फर्काइदिएको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्रका अध्यक्ष न्यायिक पुनरावलोकनका लागि आज सर्वोच्च अदालत जाने भएका छन् ।

कानुन व्यवसायी र नेकपा एमालेका नेता माधवकुृमार नेपाल तथा झलनाथ खनालसहितको छलफलपछि पुनरावलोकनमा जान लागेका हुन् ।

पुनरावलोकनका लागि निवेदन बरिष्ठ अधिवक्ता शम्भु थापा, रामनारायण विडारी, रमण श्रेष्ठ लगायतले तयार पारिसकेका छन् ।

नेकपाका अध्यक्ष ऋषि कट्टेलले निर्वाचन आयोग र साबिक नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई विपक्षी बनाई रिट दायर गरेका थिए ।

अदालतले फागुन २३ गते नेकपा कट्टेलको हुने ठहर गर्दै ओली र प्रचण्डलाई १५ दिनभित्र अर्को नाम लिएर निर्वाचन आयोगमा जान वा आ-आफ्नै पार्टी एमाले र माओवादीमा फर्किन भनेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर