कारबाहीबारे योगेशको टिप्पणी: परिणाम उल्टो हुने निश्चित छ – Nepal Press

कारबाहीबारे योगेशको टिप्पणी: परिणाम उल्टो हुने निश्चित छ

काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टीका नेताद्वय माधवकुमार नेपाल र भिम रावललाई अध्यक्ष केपी ओलीले गरेको कारवाहीलाई लिएर असन्तुष्टि व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले यो कारवाहीबाट उल्टो परिणाम निस्कने उनको चेतावनी छ ।

सोमबार सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘कारबाही र सजाय कमजोर सत्ताको अन्तिम अस्त्र हो ! परिणाम उल्टो हुने निश्चित छ ! फर्कनु नै कल्याण हुने छ !

प्रधानमन्त्री केपी शर्मा ओलीले आज पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भिम रावललाई अनुशासनको कारवाही गर्दै ६ महिनाको लागि निलम्बन गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर