दुर्गम क्षेत्रमा सेवा गर्ने चिकित्सकलाई नियम अनुसार अंक दिन सर्वोच्चको आदेश – Nepal Press

दुर्गम क्षेत्रमा सेवा गर्ने चिकित्सकलाई नियम अनुसार अंक दिन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले दुर्गम क्षेत्रमा सेवा प्रदान गर्ने चिकित्सकलाई नियम अनुसार अंक दिने आदेश दिएको छ। विभिन्न चिकित्सकहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र चिकित्सा सेवा आयोगलाई विपक्षी बनाइ हालेको रिटमाथि सोमबार सुनुवाई गर्दै उत्प्रेषणात्मक आदेश दिएको हो ।

न्यायाधीशद्वय आनान्दमोहन भट्टराई र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले दिएको आदेशमा चिकित्सा शिक्षा अयाोगले अंक ‘म्याचिङ’ गर्दा त्रुटिपूर्ण रहेको उल्लेख गरिएको छ।

आदेशमा ‘राष्ट्रिय चिकित्सा शिक्षा नियमावली, २०७७ को नियम १६ र अनुसुची ५ बमोजिम अनुभव र दुर्गम क्षेत्रमा सेवा गरे वापत के कती अंक प्रदान गर्नुपर्ने हो हेरी निजहरूले उक्त नियमावलीको अनुसुची ५ को व्यवस्था बमोजिम अंक पाउने भए सो वापत अंकसमेत प्रदान गरी यी निवदेकहरूको योग्यताक्रमको सूची पुनः प्रकाशित’ गर्न भनिएको छ।

सर्वोच्चले यसअघि ३ फागुनमा यही विषयमा पहिलो पटक अल्पकालिन अन्तरिम आदेश दिएको थियो।

हेर्नुहोस् सर्वोच्चको फैसला


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर