तराई-मधेसमा होलीको रौनक – Nepal Press
तराई-मधेसमा होलीको रौनक
फोटो फिचर
नेपाल प्रेस २०७७ चैत १६ गते १६:३१
२०७७ चैत १६ गते १६:३१

काठमाडौं । तराई–मधेसका जिल्लामा आज होली पर्व मनाइएको छ । कोरोना कहरका कारण विगतका वर्षमा भन्दा यसवर्ष होलीकाे रौनक घटेको छ ।

विगतका वर्षमा फागु पूर्णिमा आउनुभन्दा साता अघिदेखि नै होली खेल्ने चलन थियो । यस वर्ष पूर्णिमाकै दिन पनि होली खेल्न सडकमा निस्कनेहरु कम भए ।

सार्वजनिक स्थलमा होली विशेष सांगीतिक एवम् साँस्कृतिक कार्यक्रम पनि कम भएको तराई–मधेसका जिल्लाबाट प्रतिनिधित्व गर्ने नेपाल प्रेसकर्मीले जनाएका छन् ।

पहाडी जिल्लामा हिजो होली मनाइएको थियो ।

दैत्यराज हिरण्यकश्यपले आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले आगोले छुन नसक्ने वरदान पाएकी बहिनी होलिकालाई छोरासहित आगोमा पस्न लगाउँदा होलिका भष्म भएकी र प्रह्लाद बँच्न सफल भएको खुशियालीमा होली मनाउने गरिएको धार्मिक ग्रन्थमा उल्लेख छ ।