नेप्सेमा सामान्य गिरावट, चार अर्ब बढीको कारोबार – Nepal Press

नेप्सेमा सामान्य गिरावट, चार अर्ब बढीको कारोबार

काठमाडौं । नेप्से परिसूचक सोमबार ५. ४५ अंकले घटेको छ । आज भएको कारोबारमा नेप्से २५४३.५२ विन्दुमा रोकिएको छ । आज  ९१ लाख ३८ हजार ९३५ कित्ताको किनबेचमा ४ अर्ब ४१ करोड ३ लाख ४५ हजार ३० रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज चन्द्रागिरिको शेयर मूल्य ३४ दिन पछाडि पहिलो पटक ७.१६ प्रतिशतले घटेको छ ।  आज २०९ ओटा कम्पनीको शेयर कारोबारमा सबैभन्दा बढी कारोबार हुने कम्पनीमा नेपाल इन्फ्रास्ट्रकचर बैंक रहेको छ ।

इन्फ्रास्ट्रकचरको शेयर कारोबार ४४ करोड रुपैयाँ बराबरको भएको छ । यसैगरी, अपर तामाकोशीको शेयर कारोबार ३८ करोड रुपैयाँ बराबरको भएको छ ।

चन्द्रागिरिको कारोबार रकम ३७ करोड रुपैयाँ बराबरको भएको छ । आज जलबिद्युत, लघुवित्त, फाइनान्स बाहेक सबै समूहको शेयर मूल्य घटेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर