कोरोना भुल्दै वसन्तपुरमा यसरी जम्यो होली – Nepal Press

कोरोना भुल्दै वसन्तपुरमा यसरी जम्यो होली

नेपाल प्रेस २०७७ चैत १५ गते १८:१७
२०७७ चैत १५ गते १८:१७

कोरोनाका कारण गत वर्षजस्तै यसपाली पनि फागु पूर्णिमा प्रभावित बन्यो । सरकारले जारी गरेको सूचनाका कारण काठमाडौंवासीले खुलेर होली खेलेनन् ।

तर, वसन्तपुरमा भने दिउँसो कोरोना बिर्सेर युवायुवतीहरु होलीको रौनकमा रमाए । सुरुमा पातलो संख्यामा भए पछि दिउँसो १२ बजेपछि राम्रै भीडभाड जम्मा भएको थियो । युवायुवतीहरु अधिक संख्यामा थिए । उनीहरुले नाचगान र रंग दलेर होली मनाए । प्रहरीले सुरुमा कडाइ गर्न खोजेको भए पनि भीड बढ्दै गएपछि खासै अवरोध गरेन ।