सुन्दरीजलबाट छोडियो मेलम्चीको पानी, काठमाडौंका ३ ट्याङ्कीमा जम्मा हुँदै – Nepal Press

सुन्दरीजलबाट छोडियो मेलम्चीको पानी, काठमाडौंका ३ ट्याङ्कीमा जम्मा हुँदै

२ बजेपछि धारामा आउँछः निर्देशनालय

काठमाडौं । बहुप्रतिक्षित मेलम्चीको पानी सुन्दरीजलबाट पाइपलाइनमार्फत काठमाडौंको ट्याङ्कीहरुमा पठाउन थालिएको छ । ट्याङ्कीहरु भरिएपछि धारामा छोडिने आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।

सुन्दरीजलबाट पठाइएको पानी महाँकाल चौर, अनामनगर र मीनभवनमा रहेका ट्यांङकीमा जम्मा गरिएको हो । दिउँसो २ बजेपछि घर–घरमा पानी छाडिने आयोजना कार्यन्वयन निर्देशनालयका प्रमुख कमलराज श्रेष्ठले नेपालप्रेसलाई बताए ।

उनले भने, ‘अहिले हामीले यताबाट पानी पठाइसकेका छौं । ट्याङ्की भरिएपछि घरघरमा पानी वितरण सुरु हुन्छ । २ बजेपछि धारामा खस्छ ।’

आज विहानको ८ बजे नै सुन्दरीजलबाट पानी पठाउने भनिएको थियो । तर सुन्दरीजल क्षेत्रमा विद्युत आपूर्ति बन्द भएपछि पानी छोड्न ढिला भएको हो । ११ बजपछि पानी छोड्न थालिएको श्रेष्ठले बताए ।

काठमाडौंको पुरानो र नयाँ वितरण प्रणालीमार्फत पानी आपूर्ति हुने छ । पुरानो वितरण प्रणालीको पानी तत्काल पिउनयोग्य हुने आयोजनाको भनाइ छ । नयाँ पाइपलाइनमा चाहिँ परिक्षणका लागि पठाइएकाले अहिले पिउन मिल्दैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर