रेडपाण्डा र चितुवाको छालासहित दैलेखमा आठ जना पक्राउ – Nepal Press

रेडपाण्डा र चितुवाको छालासहित दैलेखमा आठ जना पक्राउ

सुर्खेत । रेडपाण्डा र चितुवाको छालासहित दैलेखमा आठ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दैलेखको टोलीले गएराती नौमुलेबाट दैलेख बजारतर्फ बन्यजन्तु ओसार–पसार गरि रहेको गोप्य सुचनाको आधारमा ती व्यक्तिलाई पक्राउ गरेको हो । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत ब्युरोको टिम र प्रहरी निरिक्षक (इन्सपेक्टर) ईन्द्रजित सुनारको कमाण्डमा सयुंक्त टोली खटिएर गएको टोलीले उनिहरुलाइ पक्राउ गरेकाे हाे ।

जिल्लाको नारायण नगरपालिका वडा नम्बर तीन खुर्सानीबारी पिपल चौताराबाट कर्णाली प्रदेश ०२००१ ज ००३६ नम्बरको डबल क्याप बोलेरो जिपबाट छालासहित पक्राउ गरिएकाे प्रहरीले जनाएको छ । ‘धन बहादुर मगरले बोकेको झोलामा रातो सेतो बोराभित्र तीन फिट तीन ईन्च लम्बाई भएको ११ ईन्च चौडाई भएको रातो कालो रंगको पाण्डाको जस्तो देखिने जनावरको एक थान छाला नियन्त्रणमा लिएका हौं ।’ प्रहरी निरीक्षक सुनारले भने ।

‘मगरले बोकेका झोला पाँच फिट नौ ईन्च लम्बाई, एक फिट पाँच ईन्च चौडाई, भएको चितुवाको छाला जस्तो देखिने रातो सेतो कालो बुट्टेदार छाला फेला परेको छ भने हस्त बहादुर थापाले बोकेको झोला भित्र रेड पाण्डा जस्तो देखिने तीन फिट लम्बाई एक फिट छ ईन्च गोलाई भएको छाला सिलाएको एक थान र उनकै अर्को झोलो झोला भित्र तीन फिट एक ईन्च गोलाई भएको रेड पाण्डा जस्तो देखिने सिलाएको छाला फेला परेको हो ।’

सुनारका अनुसार पक्राउ पर्नेमा नौमुले गाउँपालिका वडा तीन नाउँलेका धन बहादुर मगर, वडा नम्बर एक लेलीका कबिराम अधिकारी, वडा नम्बर चारका गाडी चालक रोशन बस्नेत, वडा नम्बर दुइका धन बहादुर पुरी, वडा नम्बर तीनका दल बहादुर खत्री, वडा नम्बर दुइ का हस्त बहादुर थापा, भगवतीमाई गाउँपालिका वडा नम्बर एकका गोबिन्द थापा वडा नम्बर दुइका धन बहादुर रावत रहेका छन् ।

प्रहरीले पक्राउ गरेका आठ जना र बरामद गरेको छालालाई वन डिभिजन कार्यालयको जिम्मा लगाएको छ । प्रहरीका अनुसार घटनाबारेमा थप अनुसन्धान भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर