जोन सेना स्टारर ‘सुसाइड स्क्वाड’ ट्रेलर : फिल्मको नेपाल रिलिज साउन २२ मा – Nepal Press

जोन सेना स्टारर ‘सुसाइड स्क्वाड’ ट्रेलर : फिल्मको नेपाल रिलिज साउन २२ मा

काठमाडौं । यसवर्षकै प्रतीक्षित हलिउड फिल्म ‘द सुसाइड स्क्वाड’ ट्रेलर इन्टरनेट रिलिज भएको छ । जेम्स गन निर्देशित फिल्ममा पूर्व रेस्लर समेत रहेका जोन सेनाको मुख्य भूमिका छ ।

सन् २०१६ को फिल्म ‘सुसाइड स्क्वाड’को रिमेक बताइएको यो फिल्ममा नयाँ कलाकार समावेश छन् । फिल्ममा भायोला डेभिस, मार्गोट रोबी, जय कार्टेनी, जोएल किनाम्यानको समेत अभिनय छ ।

अघिल्लो सिक्वेलमा समावेश भएका अमान्डा वालर लगायत पनि छन् । यो रिमेकमा एड्रिस अल्बाले ब्लडस्र्पोट पात्रको भूमिका निर्वाह गरेका छन् । अघिल्लो फिल्ममा यो चरित्र विल स्मिथले चित्रण गरेका थिए ।

आउने अगस्ट ६ मा फिल्म रिलिज हुँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *