जोशीको निधनमा कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने – Nepal Press

जोशीको निधनमा कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने

काठमाडौं । हिजो राति दिवंगत भएका नेता नवीन्द्रराज जोशीको सम्मानमा नेपाली कांग्रेसले पार्टीको झण्डा आधा झुकाउने भएको छ । आज सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले सो निर्णय गरेको हो ।

पार्टीद्वारा जारी विज्ञप्तिका अनुसार चैत १५, १६ र १७ गते देशभरका पार्टी कार्यालयमा रहेका झण्डा आधा झुकाइने छ । तीन दिनहरुमा शोक कार्यक्रमबाहेक अरु औपचारिक कार्यक्रम नगर्ने विज्ञप्तिमा उल्लेख छ । चैत १६ गते मंगलबार कांग्रेसको केन्द्र तथा सबै जिल्ला कार्यालयहरु बन्द रहनेछन् ।

यसैगरी, स्वर्गारोहणको १३ औं दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने निर्णय भएको छ । १३ औं दिनमा केन्द्र र सबै जिल्लामा भौतिक दूरी कायम गर्दै शोकसभाको आयोजना गर्ने कांग्रेसले जनाएको छ ।

जोशीको निधनबाट कांग्रेसले एक कुशल संगठन र सिंगो मुलुकले एक क्षमतावान नेतृत्वलाई गुमाएको कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर