चलचित्र विकास बोर्डलाई अझै प्रभावकारी बनाउँछु : मन्त्री गुरुङ – Nepal Press

चलचित्र विकास बोर्डलाई अझै प्रभावकारी बनाउँछु : मन्त्री गुरुङ

काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले फिल्म क्षेत्रको विकासका लागि सहकार्य जरुरी भएको बताउँदै चलचित्र विकास बोर्डलाई प्रभावकारी गराइने बताएका छन् ।

आदिवासी जनजाति चलचित्र महासंघले काभ्रेको धुलिखेलमा आयोजना गरेको ‘आदिवासी चलचित्रमा प्रतिवद्धतासहितको सहकार्य’ विषयक पाँच दिवसीय कार्यशाला गोष्ठीको उद्घाटन गर्दै मन्त्री गुरुङले उक्त कुरा बताएका हुन् ।

आदिवासी चलचित्रकमीलाई पनि राष्ट्रको समृद्धिमा योगदान पुु¥याउने गरी चलचित्र निर्माणमा ध्यान दिन उनले आग्रह गरे । विगतमा आदिवासी जनजातिको अवस्था र भविष्यमा अपनाउनुपर्ने योजनाबारे गम्भिर भएर लाग्न उनले आदिवासी फिल्मकर्मीलाई आग्रह गरे ।

उनले समाजमा जाति, भाषा, धर्म र संस्कृतिबीच द्धैष फैल्याउने खालका गतिविधि हुन नदिन सचेत हुनुुपर्ने समेत स्पष्ट पारे । मन्त्री गुरुङले सबै जाति, भाषा, धर्म र संँस्कृतिको विकासमा योगदान पुुग्ने गरी सरकारी सञ्चार माध्यमलाई परिचालन गर्ने बताए ।

नेपाल टेलिभिजनका महानिर्देशक फूलमान वलले आदिवासी जनजाति फिल्मसँग सहकार्य गर्न महासंघले नयाँ नीति ल्याउनुपर्ने बताए । चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल र पूर्वअध्यक्ष राजकुमार राईले पनि जनजाति फिल्मको विकास हुनुपर्ने धारणा राखे ।कार्यशालामा विभिन्न १५ आदिवासी जनजाति फिल्म संघसंस्थाका ७० फिल्म निर्माता सहभागि छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर