विदेशबाट सामान खरिदका लागि सिद्धार्थ बैंकको ‘ई कम कार्ड’ सेवा – Nepal Press

विदेशबाट सामान खरिदका लागि सिद्धार्थ बैंकको ‘ई कम कार्ड’ सेवा

काठमाडौं । सिद्धार्थ बैंक लिमिडेटले ‘ई कम कार्ड’ सञ्चालनमा ल्याएको छ ।

विदेशबाट अनलाइनमार्फत वस्तु तथा सेवा खरिद गरेबापत वार्षिकरूपमा अधिकतम ५ सय डलरसम्मको परिवर्त्य मुद्रा सटही गरी भुक्तानी गर्न मिल्ने प्रिपेड कार्ड सञ्चालनमा ल्याएको हो ।

कानूनद्वारा बर्जितबाहेकका सबै वस्तुहरू खरिद गर्न सक्ने गरी कार्ड व्यवस्था गरिएको कम्पनीले जनाएको छ । चैत १३ गतेबाट सेवा सञ्चालन गर्ने बैंकको तयारी छ ।

कार्ड लिन ग्राहक पहिचान खाता (केवाईसी) नवीकरण र प्यानलाई अनिवार्य सर्त बनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *