बैठक बोलाउन ओलीसमक्ष आग्रह गर्ने माधव नेपाल पक्षको तयारी – Nepal Press

बैठक बोलाउन ओलीसमक्ष आग्रह गर्ने माधव नेपाल पक्षको तयारी

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले केन्द्रीय कमिटी र स्थायी कमिटी बैठक माग गर्दै अध्यक्ष केपी शर्मा ओलीलाई निवेदन दिने भएको छ ।

विधानअनुसार एक चौथाई केन्द्रीय सदस्यले बैठक माग गर्न पाउने भएकाले सोही बमोजिम केन्द्रीय कमिटी बैठकको माग गर्न लागिएको एक नेताले नेपाल प्रेसलाई बताए ।

माधव नेपाल पक्षले एमाले पुनःस्थापनापछि फागुन २८ र चैत ७ गते बसेको केन्द्रीय कमिटी बैठकलाई स्वीकार गरेको छैन । फागुन २८ को बैठकमा खबर नै नभएको र चैत ७ गतेका बैठक बहिष्कार गरेको नेपाल पक्षले विधान बमोजिम बैठक माग गर्न लागिएको हो ।

त्यसअघि माधव नेपाल पक्षधरको काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरूको छलफल शुक्रबार हुनेछ । सो छलफलले थप रणनीति तय गर्ने बताइएको छ । यसैबीच माधव नेपालसहित चार नेताले आज स्पष्टीकरण पेश गर्ने भएका छन् ।


प्रतिक्रिया

One thought on “बैठक बोलाउन ओलीसमक्ष आग्रह गर्ने माधव नेपाल पक्षको तयारी

  1. हास्यस्पद !
    बैठकमा नजाने, अनि बैठक सकिए पछी फेरी बैठक चाहियो !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर