नेप्से ४१ अंकले बढ्दा कारोबार रकम पनि उकालो – Nepal Press

नेप्से ४१ अंकले बढ्दा कारोबार रकम पनि उकालो

काठमाडौं । नेप्से परिसूचक बुधबार ४१.३० अंकले बढेको छ । प्री–ओपन समयमा २० प्रतिशतले बढेको शेयर बजार त्यसपछि विस्तारै–विस्तारै उकालो लागेको थियो ।

आज भएको १ करोड ६९ लाख ३४ हजार ८९३ कित्ताको किनबेचमा ६ अर्ब ६७ करोड ४४ लाख २३ हजार ९४१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज नेपाल इन्फ्रास्ट्रकचर बैंक (नीफ्रा) को शेयर मूल्य ७ प्रतिशतले बढ्दै सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीमा दरिएको छ । आज नीफ्राको शेयर कारोबार ६५ करोड रुपैयाँ बराबरको भएको छ ।

यसैगरी अपर तामाकोसीको शेयर कारोबार ४१ करोड रुपैयाँ बराबरको भएको छ । आज अपर तामाकोशीको शेयर मूल्य ३ प्रतिशतले घट्न पुगेको थियो ।

यसैगरी नेपाल बैंकको ३४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज साल्ट ट्रेडिङ कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।

यसैगरी हाइड्रो इलेक्ट्रिसिटी डेभलपमेन्टको ९ प्रतिशतले बढेको छ भने चन्द्रगिरीको शेयर मूल्य साविक झै आज पनि ९ प्रतिशतभन्दा मथिले बढेको छ ।

आज हाइड्रो पावर समूहको परिसूचक बाहेक सबै समूहको उप–परिसूचक हरियो भएको छ । आज कारोबार रकम पनि अन्य दिनको तुलनामा बढ्न पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर