माधव नेपाल पक्षले प्रदेश १ र बागमतीमा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिने – Nepal Press

माधव नेपाल पक्षले प्रदेश १ र बागमतीमा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिने

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले प्रदेश १ र बागमती प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिने भएको छ । उक्त समूहका शीर्ष नेताबीच भएको बैठकपछि अविश्वास प्रस्ताव लिने निर्णय भएको हो ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमा माओवादी केन्द्रका नेताको हस्ताक्षर भएकाले समर्थकको हस्ताक्षर फिर्ता लिने र बागमती प्रदेशमा दर्ता भएको प्रस्ताव नै फिर्ता लिने निर्णय भएको उक्त समूहकी नेतृ रचना खड्काले जानकारी दिइन् ।

अब एकदुई दिनभित्रै अविश्वास प्रस्ताव फिर्ता लिने जनाइएको छ । यससँगै अब प्रदेश १ र बागमती प्रदेश सरकार तत्काल नढल्ने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर