बैंकर्स संघको प्रदेश २ मा ‘डिजिटल बैंकिङ्ग’ कार्यक्रम सम्पन्न – Nepal Press

बैंकर्स संघको प्रदेश २ मा ‘डिजिटल बैंकिङ्ग’ कार्यक्रम सम्पन्न

जनकपुर। नेपाल बैंकर्स संघले वित्तीय साक्षरता अभिबृद्धि गर्ने उद्दश्यका साथ देशभर डिजिटल बैंकिङ्ग तथा वित्तीय सारक्षरता सम्वन्धि कार्यक्रम सञ्चालन गरिरहेको छ । यस सन्दर्भमा बैंकर्स संघले प्रदेश २ मा डिजिटल बैंकिङ्ग तथा वित्तीय सारक्षरता सम्वन्धि कार्यक्रम सम्पन्न गरेको छ ।
डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने नीति अनुसार  संघले प्रदेश २ को प्रादेशिक समितिको आयोजनामा जनकपुरमास्थित वाणिज्य बैंकहरुले ३०० भन्दा बढी मर्चेन्टलाई क्यूआर कोड हस्तान्तरण कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रममा उपस्थित प्रदेश २ का सामाजिक विकास मन्त्री माननीय नवल किशोर साहले ‘डिजिटल बैंकिङ्ग’ मा जोड दिए । यसै गरी नेपाल राष्ट्र बैंकका गभर्नर, महाप्रसाद अधिकारीले क्विक रिस्पोन्स (क्यूआर) कोडमार्फत् हुने भुक्तानीलाई देशव्यापी अभियानको रुपमा विस्तार गरिने धारणा व्यक्त गरे ।

कार्यक्रममा नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दहालले देशभर ‘डिजिटल नेपाल’ को प्रबद्र्धनमा नेपाल राष्ट्र बैंकसँग मिलेर अगाडि बढ्न बैंकहरु तयार रहेको बताए ।

कार्यक्रममा जनकपुर उप– महानगरपालिकाका मेयर लाल किशोर साह , जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष लाल कुमार साहको उपस्थिति रहेको बैंकर्स संघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर