रु रु जलविद्युतको आईपीओ चैत २० गतेबाट आउँदै – Nepal Press

रु रु जलविद्युतको आईपीओ चैत २० गतेबाट आउँदै

काठमाडौं । रु रु जलविद्युत लिमिटेडले यहि चैत २० गतेबाट आईपीओ खुला गर्ने भएको छ । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरी १२० रुपैयाँमा आईपीओ खोल्न लागेको जानकारी दिएको छ ।

कम्पनीले ४ लाख ७ हजार ७०६ कित्ता शेयर निष्काशन गर्न लागेको जनाएको छ । यसमा २ प्रतिशत आफ्ना कर्मचारीलाई ५ प्रतिशत सामूहिक लगानी कोषका लागि छुट्याएको छ । कम्पनीका अनुसार चैत २४ गतेसम्ममा आईपीओका लागि आवेदन दिनुपर्नेछ ।

कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी आईआर त्रिपल बी रेटिङ प्रदान गरेको छ । कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेका छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर