कांग्रेस सभापति देउवाले भने- गच्छदार अन्यायमा परे, न्याय पाउँछन् – Nepal Press

कांग्रेस सभापति देउवाले भने- गच्छदार अन्यायमा परे, न्याय पाउँछन्

नयाँ सरकार बन्ने बाटो नखुलेसम्म मरिहत्ते गर्दिन

विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्ना नेता विजयकुमार गच्छदार अन्यायमा परेको बताएका छन् ।

धरानमा आयोजित ‘समावेशी लोकतन्त्र र संवैधानिक व्यवस्था’ विषयक प्रदेशस्तरीय अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बोलेका हुन् ।

बालुवाटारको ललिता निवास प्रकरणमा संलग्नताको अभियोग लागेका कांग्रेस संसदीय दलका उपनेतासमेत रहेका गच्छदारले न्याय पाउँनेमा देउवाले विश्वास जनाए ।

माओवादी केन्द्रले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म सरकार निर्माणका लागि कांग्रेसले हतारो नगर्ने उनको भनाइ छ । कांग्रेसलाई अहिले जनताले प्रतिपक्षीमै बस्न आग्रह गरेको भन्दै नयाँ सरकार बन्ने बाटो नखुलेसम्म आफू मरिहत्ते नगर्ने उनले बताए ।

‘माओवादी केन्द्रले सरकालाई दिएको समर्थन फिर्ता गरेर नयाँ सरकार गठनको ढोका खुल्ला गर्नुपर्छ । त्यसपछि कांग्रेसले सरकारको नेतृत्व लिने बारेमा आवश्यक निर्णय लिनेछ ’, देउवाले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर