तनहुँ जलविद्युतको बाँध निर्माणका लागि १६ अर्ब ६२ करोडको ठेक्का सम्झौता – Nepal Press

तनहुँ जलविद्युतको बाँध निर्माणका लागि १६ अर्ब ६२ करोडको ठेक्का सम्झौता

काठमाडौं । तनहुँ जलविद्युत आयोजनाको निर्माणाधीन १४० मेगावाट क्षमताको बाँध निर्माणका लागि खरिद सम्झौता भएको छ ।
कम्पनीसँग १६ अर्ब ६२ करोड रुपैयाँ  (प्रोभिजनल  र मूल्य अभिबृद्धि करबाहेक) मा खरिद सम्झौता भएको हो ।

‘सोङ्ग दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन जेभीबीच सोमबार खरिद सम्झौतामा हस्ताक्षर भएको छ । ठेकेदार कम्पनीले खरिद सम्झौता कार्यान्वयनमा आएको ५७ महिनाभित्र निर्माण कार्य सम्पन्न गर्नुपर्ने व्यवस्था गरिएको छ ।

आयोजनाको प्याकेज १ (हेडवक्र्स)  निर्माण कार्यको लागि निर्माण कम्पनी सीएमसी डी राभेना, इटालीसँग १५ असोज २०७५ मा सम्पन्न खरिद सम्झौता रद्द भए पश्चात कम्पनीले १२ वैशाख २०७६ मा पुनः बोलपत्र आह्वान गरेको थियो ।

कम्पनीले उक्त बोलपत्र प्रकृयामा प्राप्त कुनै पनि प्राविधिक बोलपत्र सारभूत रुपमा प्रभावग्राही हुन नसकेकोले सबै बोलपत्रहरु अस्वीकृत गरी एसियाली विकास बैंकको खरिद निर्देशिका अनुरुप १६ फागुन २०७६ मा दोश्रो पटक पुनः बोलपत्र आह्वान गरेको थियो ।

आयोजनामा सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका निर्माण कार्य जारी छ । आयोजनाको दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण कार्य भइरहेको छ ।

कम्पनीको पूँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत प्रसारण लाइन, ग्रामिण विद्युतीकरण तथा निर्माण अवधिको (ब्याज समेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग  (जाईका) ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल सरकार/नेपाल विद्युत प्राधिकरणले ८ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर