प्रधानमन्त्रीमाथिको गम्भीर आरोप प्रचण्डको ‘लाजमर्दो राजनीति’- कमल थापा – Nepal Press

प्रधानमन्त्रीमाथिको गम्भीर आरोप प्रचण्डको ‘लाजमर्दो राजनीति’- कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले लगाएको आरोपप्रति टिप्पणी गरेका छन् ।

सरकारलाई दिएको समर्थन कायमै राखेर गम्भीर आरोप लगाउने प्रचण्डको शैलीलाई थापाले ‘लाजमर्दो राजनीति’ को संज्ञा दिएका छन् ।

‘दुई पटक प्रधानमन्त्री भइसकेका प्रचण्डजीले केहीदिन अघिसम्म एउटै पार्टीमा रहेका अध्यक्ष र देशको प्रधानमन्त्रीलाई ‘वर्षौंदेखि विदेशीबाट पालित पोषित एजेन्ट’ भनी आरोप लगाएको सुन्दा आश्चर्य लागेको छ, सामाजिक सञ्जालमा थापाले लेखेका छन्, ‘यस्तो गम्भीर आरोप लगाउने, तर सरकारलाई दिएको समर्थन कायम राख्ने ! लाजमर्दो राजनीति’

जातीय विभेद उन्मूलन दिवसको दिन आइतबार एक कार्यक्रममा प्रचण्डले प्रधानमन्त्रीलाई विदेशीको अगाडि लम्पसार परेको आरोप लगाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर