होलीले पखालोस् अहंकार ! – Nepal Press
कविता

होलीले पखालोस् अहंकार !

वसन्तकाे झरीले – निथ्रुक्क चुटेपछि
बेइमान हावाले पनि- तिम्रा केशराशी झैं
हल्लाइरहेछ – रातकी रानी
सेताम्मे छ- भुईं
महकाइ रहेछ- सडक!
तर
म निथ्रुक्क भिजेर पसिनाले
चढिरहेछु- देउराली
घिसारेर- एकजाेर चम्किला सपना !
जुन
तिमीसँगै माेर्चामा- देखेकाे
अन्तर्राष्ट्रिय जाति हुने  गीत गाउँदै- साँचेकाे
रुपान्तरणका- याेजना
समानताकाे – व्यवहारहरु
एकदिन
सुमसुम्याउँदै फुटेका मेरा पैतालाहरु
तिमीले भन्याै- लगाउनु पर्छ मल्हम
बदल्नु पर्छ- बुट !
बदलामा मुस्काएँ- म !
माैन हेरें-तिमीलाई ।
तर
सम्मानकाे खाेेजीमा
माेर्चा छाेडेर तिमी हिंडेपछि
चहर्याइ रहेछ- मल्हमले
पाेल्दैछ- फाटेकाे बुटले
अनि
तिमीलाई सम्झेर
मुस्काउँदै छु-म
माैन छु- म !
एक्लै पनि पुग्नुछ- गन्तव्यमा
बाल्नु छ- मसाल स्वतन्त्रताकाे !
के थाहा तिम्राे पुतला पाे हाे कि !?
यतिबेला,
याे गाेधूली साँझमा आइपुगेकाे छु- चाैवाटाेमा !
एक काँटी सलाई देउ न- कमरेड
अहंकारलाई- डढाउन चाहन्छु।
हाेली आउँदैछ !
म हाेलिका सम्झिरहेछु ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.