बलात्कारपछि हत्याको प्रयास गर्ने प्रहरी जवान पक्राउ – Nepal Press

बलात्कारपछि हत्याको प्रयास गर्ने प्रहरी जवान पक्राउ

रुपन्देही । रुपन्देहीको तिलोत्तमामा एक युवतीमाथि बलात्कारपछि हत्याको प्रयास गर्ने प्रहरी जवान पक्राउ परेका छन् । ति जवानले तिलोत्तमा–११ का १९ वर्षका युवतीलाई बलात्कार गरी हत्याको प्रयास गरेको अभियोगमा मुद्दा दर्ता भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको हो ।

आरोपित नवलपरासीको जर्घामा कार्यरत अन्दाजी २२ वर्षका प्रहरी जवानलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रतितसिंह राठौरले जानकारी दिए । शनिबार विहान करिब ५ बजेको समयमा ती युवकले युवतीलाई बलात्कार गरी घांटी थिचेर हत्या गर्ने प्रयास गरेको पीडित युवतीको पारिवारीक स्रोतले जनाएको छ ।

घटनाबारे जानकारी पाएलगत्तै स्थानीयले प्रहरीलाई खबर गरेपछि आरोपित पक्राउ परेका छन् । पीडित युवतीलाई रुपन्देहीको एक अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *