त्रिसरा रेस्टुरेन्टले सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट दिने – Nepal Press

त्रिसरा रेस्टुरेन्टले सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट दिने

काठमाडौं । त्रिसरा रेस्टुरेन्टले सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट दिने भएकाे छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र त्रिसरा रेस्टुरेन्ट एण्ड बारबीच बैंकका ग्राहकलाई विभिन्न सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएसँगै रेस्टुरेन्टले विशेष छुट दिने भएकाे हाे ।

सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट, क्रेडिट, प्रिभिलेज कार्डवाहकले बारको दरबारमार्ग, लाजिम्पाट, पोखरा लगायत देशै भरी रहेका शाखाबाट सेवा लिंदा विशेष छुट पाउने छन् । बैंकले देशैभरी फैलिएका आफ्ना १ सय नाै वटा शाखा, ९८ वटा एटिएम. र १ सय सात वटा शाखा रहित बैंकिङ्ग ईकाईबाट करिव सात लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर