सञ्चारमन्त्री भन्छन्- एमालेका लागि अहिले दुवै हातमा लड्डु – Nepal Press

सञ्चारमन्त्री भन्छन्- एमालेका लागि अहिले दुवै हातमा लड्डु

काठमाडौं। सूचना तथा संचार प्रविधि मन्त्री पार्वत गुरुङले नेकपा (एमाले) का लागि अहिले दुईटै हातमा लड्डू रहेको बताएका छन्।

आइतबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘
‘यो अल्पमतमा रहेको सरकार होइन । स्पष्ट बहुमतमा रहेको सरकार हो । माओवादीले आफ्नो विश्वासतको मत कायमै राखेको छ । अनुचित र सिद्धान्तहीन गठबन्धन गरेर सरकार टिकाइराख्नु पर्दैन । एमालेका लागि अहिले दुईटै हातमा लड्डु छ ।’

सरकारमा रहँदा आफूले अघि सारको एजेन्डा कार्यन्वयन गर्ने अवसर रहेको र प्रतिपक्षमा रहँदा पनि चुनावको तयारी गरेर बहुमत ल्याउने अवसर भएको गुरुले बताए ।

उनले भने, ‘विपक्षमा रहेर पनि आगामी निर्वाचनका निम्ति तयारी गर्ने अवसर रहन्छ । चुनावमा गएर फेरि पनि बहुमत ल्याएर सिंहदरबार आउँछौं भनेर प्रधानमन्त्रीले भन्नु भएको छ।’


प्रतिक्रिया

One thought on “सञ्चारमन्त्री भन्छन्- एमालेका लागि अहिले दुवै हातमा लड्डु

  1. माननिय मन्त्रि ज्यु स्वच्छ संग देशकाे हक हित् समाजकाे ग र घ वर्गकाे जीवन स्तर उत्थानकाे लागी जुन दलले राजनीति गर्छ उसकाे हात्मा जहिलेनै लड्डु हुन्छ …..हस् 🙏

Leave a Reply to arjun oli Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर