सिभिल बैंकले देशभर साक्षरता कार्यक्रम चलाउने – Nepal Press

सिभिल बैंकले देशभर साक्षरता कार्यक्रम चलाउने

काठमाडौं । सिभिल बैंकले देशव्यापीरूपमा साक्षरता कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

ग्लोबल मनी सप्ताहअन्तर्गत बैंकले चैत ९-१५ गतेसम्म सातै प्रदेशमा वित्तीय साक्षरता तथा क्यूआर कोडमार्फत भुक्तानी लगायतका कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

सार्वजनिक गरिएको कार्यतालिका अनुसार ९ गते प्रदेश १ को विराटनगर र बिर्तामोड, १० गते प्रदेश २ को जनकपुर, ११ गते वागमतीको बनेपा र धुलिखेल, १२ गते गण्डकीको बेगनास ताल , १३ गते लुम्बिनी प्रदेशको बुटवल, मणिग्राम, तुलसीपुरमा, १४ गते कर्णालीको वीरेन्द्रनगर सुर्खेतमा, १५ गते सुदूरपश्चिम प्रदेशको धनगढी, जानकी, आदर्श, बन्निगढ, लम्किचुहा र भजनीमा कक्षा चलाइनेछ ।

बैंकले सामाजिक संजालमार्फत मोबाइल एप, क्यू आर कोड, एटीएम, इन्टरनेट बैंकिंग, कनेक्ट आईपीएस, पीओएस, डिजिटल वालेटजस्ता भुक्तानी प्रणालीको बारेमा जानकारी पस्किने जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *