रामकुमारीमाथिको कारवाही ओलीले रोके ! – Nepal Press

रामकुमारीमाथिको कारवाही ओलीले रोके !

काठमाडौं । नेकपा एमालेकी युवा नेतृ रामकुमारी झाँक्री पार्टीबाट कारवाही पर्दापर्दै अन्तिम समयमा जोगिएकी छन् । स्पष्टिकरण सोधिने नेताहरुको सूचीमा उनको नाम भए पनि ओलीले पछि रोकेको एक नेताले बताए ।

झाँक्रीको ‘वजन नपुग्ने’ भन्दै नाम हटाउन ‘कन्भिन्स’ गरेको ती नेताको भनाइ छ । बालुवाटारमा बसेको वैठकले माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे, घनश्याम भुषाल र भीम रावललाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।

साथै समानान्तररुपले जनसंगठन बनाउने सबै नेतालाई कारवाहीको प्रक्रिया अगाडि बढाउने निर्णय वैठकले गरेको छ । यससँगै आजको केन्द्रीय समिति वैठक सकिएको छ ।


प्रतिक्रिया

3 thoughts on “रामकुमारीमाथिको कारवाही ओलीले रोके !

  1. नमच्चिने पिंगको सय झट्का 😂🤣 वजन नपुगेर कारवाही रोकियछ 👎 कठै 😱😱

  2. ठिक गर्नुभो:–रछ्यानलाई चलायो मुख भरी छिटा!

    1. केको ठीक हुन्थ्यो ? तपाईंको भाषाकाे रक्षानलाई नै कायम राखेर चलाउने निर्णय भएछ।

Leave a Reply to Jitesh Gurung Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर