एमालेको केन्द्रीय समिति महाधिवेसन आयोजक समितिमा परिणत – Nepal Press

एमालेको केन्द्रीय समिति महाधिवेसन आयोजक समितिमा परिणत

काठमाडौं । नेकपा एमालेले १० औं राष्ट्रिय महाधिवेसनका लागि आयोजक कमिटी गठन गरेको छ । हाल विद्यमान २ सय ६४ सदस्यिय केन्द्रीय समितिलाई महाधिवेसन आयोजक समितिमा परिणत गर्ने निर्णय भएको एक नेताले जानकारी दिए ।

यसअघि बसेको केन्द्रीय समिति वैठकले १० औं राष्ट्रिय महाधिवेसन ३ देखि ६ मंसिरमा गर्ने निर्णय लिएको थियो । सोही बैठकले केन्द्रीय समिति विस्तार गरी २ सय ६४ सदस्यीय बनाएको थियो । आज बसिरहेको केन्द्रीय समिति बैठकले त्यसलाई महाधिवेसन आयाजक समितिमा परिणत गरेको हो ।

पार्टीको असन्तुष्ट माधव नेपाल पक्षले भने केन्द्रीय समिति विस्तार नमान्ने बताउँदै आएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर