गहना लुट्ने १७ महिला पक्राउ – Nepal Press

गहना लुट्ने १७ महिला पक्राउ

जनकपुरधाम । मिथिला माध्यमिकी परिक्रमामा सहभागी महिलाहरूको गरगहना चोरी गर्ने गिरोहका १७ महिला पक्राउ परेका छन् ।

परिक्रममा सहभागीहरूले शुक्रबार महोत्तरीको ध्रुवकुण्डमा विश्राम गरेका थिए । सुतेका बेला उनीहरूको साथबाट गरगहना चोरी गर्ने क्रममा १७ महिलालाई पक्राउ गरिएको मेला समितिका अगुवा रामेश्वर मण्डलले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेकी महिलाहरूले लुकाएर राखेको ५४ थान सुनको र १२ थान चाँदीका गरगहना बरामद भएको छ । यस्तै ३५ हजार भारतीय, १२ हजार नेपाली रुपैयाँ र दर्जनौं मोबाइल पनि बरामद भएको छ।

पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाइने सशस्त्रका प्रहरी निरीक्षक राजकुमार झाले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर